नियम १८क
फाँटवालाको काम, कर्तव्य
प्रचलित कानूनमा र यस नियमावलीका अन्यत्र उल्लेख भएको काम कर्तव्यको अतिरिक्त फाँटवालाको काम र कर्तव्य देहाय बमोजिम हुनेछ:

(क) मुद्दामा तोकिएको मार्गसमूहबमोजिमको विवरण सफ्टवेयरमा प्रविष्ट गरी प्रमाणित कार्यतालिकामा पक्षहरूको सहीछाप गराई मिसिल संलग्न राख्ने र सोको एकप्रति सम्बन्धित पक्षलाई उपलब्ध गराउने ।

(ख) मुद्दामा तोकिएको मार्गसमूह परिवर्तन वा कार्यतालिका परिमार्जन गर्नु पर्ने देखिएमा सुपरीवेक्षक मार्फत रजिष्ट्रार समक्ष पेश गर्ने लगायतका अन्य आवश्यक कार्यहरू गर्ने।

(ग) मुद्दामा निर्धारित कार्यतालिका अनुसार कार्य सम्पन्न गर्ने।